You are viewing the translated version of प्रस्ताव फिर्ता गर्ने, संशोधन गर्ने वा पुन.

Rule 25
प्रस्ताव फिर्ता गर्ने, संशोधन गर्ने वा पुन
सूचना जारी गर्नेः (१) कुनै निवेदकले पेश गरेको प्रस्ताव फिर्ता पाउँ भनी सम्बन्धित निकाय समक्ष निवेदन दिएमा वा सम्बन्धित निकायले त्यसरी पेश भएको प्रस्ताव फिर्ता गर्न आवश्यक देखेमा सोको कारण खुलाई निजले पेश गरेको प्रस्ताव र सोसँग सम्बन्धित कागजात सम्बन्धित निवेदकलाई फिर्ता गर्न सक्नेछ।
(२) कुनै कारणवश प्रस्ताव वा सौसँग सम्बन्धित कागजातमा संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायले त्यसरी संशोधन भएको व्यहोराको सूचना प्रकाशन गरी आवश्यकता अनुसार प्रस्ताव पेश गर्ने म्याद थप गर्न सक्नेछ ।